About Us

औद्योगिक र व्यापारिक दृष्टिले जिल्लाको अहम भूमिका रहेको छ । व्यापारिक प्रतिष्ठान र उद्योगहरुको स्थापना हुन थालेकोले विक्रम सम्वत् २०२४ सालमा व्यापारिक गतिविधि तथा देशको अर्थतन्त्रलाई संगठित पार्दै सरकारी तथा अन्य निकायहरुसँग छिटो छरितो समन्वय राख्ने उद्देश्यले औधोगिक र व्यापारिक संगठनको रुपमा यस संघको स्थापना भएको हो । स्थापना कालमा यसको नाम उद्योग व्यापार संघ, बारा, कलैया भएपनि २०४२ सालमा आएर उद्योग वाणिज्य संघ बारा कलैयाको नामले नामाकरण गरिएको हो । वि.सं. २०६१÷६÷२१ गते जिल्ला प्रशासन कार्यालयमा विधान संघ दर्ता गरी जिल्ला मुखी यानी बारा उद्योग वाणिज्य संघ नामाकरण गरियो । बारा जिल्लाका उद्योगी ब्यापारीहरुको प्रतिनिधिमूलक गैर राजनितिक थरीका यस संघले देशको आर्थिक विकासमा महत्वपूर्ण योग्दान पु¥याउँदै आएको छ । 


उद्देश्य


क)     बारा जिल्लाको औद्योगिक तथा व्यापारिक क्षेत्रको हकहितको संरक्षण र सम्बद्र्धन गर्ने । 
ख)     उद्योगी व्यापारी वर्गमा एकता र मैत्रीपूर्ण सदभावनाको अभिवृद्धि गर्ने । 
ग)     देशको आर्थिक विषयसँग सम्बन्धित नीति, ऐन योजना कार्यक्रम आदिको विश्लेषण गरी सम्बन्धित निकायमा सुझाव तथा प्रतिक्रिया पेश गर्ने ।
घ)     संघको गतिविधि सुचना तथा उद्योग व्यापारको सम्बन्धमा पत्र पत्रिकामा प्रकाशन गर्ने । 
ङ)     राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योग वाणिज्यसंघहरु तथा अन्य संघ संस्थाहरुसँग भाईचारा सम्बन्ध गरिने । 
च)     निकासी हुने वस्तुका उत्पतिको प्रमाण पत्र तथा अन्य आवश्यक प्रमाणपत्र जारी गरिने व्यवस्था मिलाउने । 
छ)     उद्योग व्यापारको क्षेत्रमा आई पर्ने विवादहरुको समाधानार्थ मध्यस्तता सेवा उपलब्ध गराउने । 
ज)     औद्योगिक सुरक्षा तथा अन्य समस्याको समाधानको व्यवस्था गर्ने गराउने । 
झ)     सरकारी एवं गैर सरकारी निकायमा प्रतिनिधित्व गर्ने । 

 


संगठनात्मक स्वरुप


यस संघको निति नियम निर्माण गर्ने सबैभन्दा माथिल्लो निकाय साधारण सभा हो । यसले ३ वर्षको लागि ३३ सदस्यीय कार्य समितिको गठन गर्दछ । साधारण सभाबाट निर्वाचित हुने कार्य समितिमा अध्यक्ष १ जना, उपाध्यक्ष २ जना (वाणिज्य, उद्योग) महासचिव १ जना, वाणिज्य सचिव १ जना, उद्योग सचिव १ जना, कोषाध्यक्ष १ जना, उद्योग सदस्य ५ जना, वाणिज्य सदस्य ९ जना, शाखाबाट ६ जना एशोसियट सदस्य ३ जना, निवर्तमान १ जना, अध्यक्षबाट मनोनित ३ जना, तथा भू.पू. अध्यक्ष तथा प्रतिष्ठित व्यापारीबाट सल्लाहकार राख्ने प्रावधान छ । साथै संघको कामलाई प्रभावकारी ढंगबाट संचालन गर्न गराउन विभिन्न उपसमितीको व्यवस्था गरिएको छ । 


सदस्यता


बारा जिल्लाका उद्योग व्यापार र सो सम्बन्धि व्यवसायमा लागेका फर्म, कम्पनी, उद्योग तथा संघ संस्थाहरु यस संघमा सदस्य हुन सक्ने प्रावधान छ । हाल यस संघमा तिन किसिमको सदस्यहरुको व्यवस्था गरिएको  छ । 
क) साधारण सदस्या        ख) एशोशिएट सदस्य     ग) मानार्थ सदस्य 


सदस्यको अधिकार र सुविधा 


यस संघका सदस्य महानुभावहरुले निम्न अधिकार र सुविधा उपभोग गर्न सक्ने संगठनात्मक व्यवस्था रहेको छ ः 
क) संघको वार्षिक साधारण सभामा सहभागी हुने, छलफलमा भाग लिने र मतदान गर्ने । 
ख) संघको कार्य समितिको निर्वाचनमा मतदान गर्ने र उम्मेदवारी दिने । 
ग) उद्योग व्यापारको क्षेत्रमा आईपर्ने समस्याहरुको समाधानका लागि संघको सेवा प्राप्त गर्ने ,। 
घ) उद्योग वाणिज्यको हितको संरक्षण र प्रवद्र्धनका लागि जागरुक र प्रयत्नशिल रहन संघलाई सचेत गराउने । 
ङ) संघबाट संचालित तालिम गोष्ठी प्रदर्शनी र प्रतिनिधि मण्डलमा सहभागी हुने । 

 

सदस्यताबाट हुने फाइदा


१. संघबाट आयोजना गरिने तालिम, गोष्ठी परामर्श छलफल आदि कार्यक्रममा सहभागी हुने । 
२. उद्योग एवं व्यापारका क्षेत्रमा थप लगानीका अवसरहरु बारे परिचति हुने । 
३. संघको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक एवं व्यापारिक प्रतिष्ठानसँग सम्बन्ध विस्तार गरी आफनो व्यापार र व्यवसायको प्रबद्र्धन गर्ने । 
४. संघमा उपलब्ध सूचना र जानकारीहरुको उपभोग गरी आफनो सीप वृद्धि र व्यवसायको अभिवृद्धि गर्ने । 

 

संघको प्रतिनिधि


यस संघले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यको हैसियतले सबै गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै यस क्षेत्रको विकासमा निम्न क्षेत्रमा प्रतिनिधित्व गर्दै आएको छ ः 


१. सिम्रौनगढ निर्माण समिति                                  पदेन सदस्य 
२. नेपाल अन्धा कल्याण संघ, बारा                              पदेन सदस्य 
३. जिल्ला खेलकूद विकास समिति                               पदेन सदस्य 
४. कलैया अस्पताल, बारा                                       पदेन सदस्य
५. स्थानीय विकास कोष, बारा                                   पदेन सदस्य
६. जिल्ला स्काउट कार्यालय बारा                                 पदेन सदस्य
७. राजश्व परामर्श समिति (क.न.पा. बारा)                         पदेन सदस्य
८. राजश्व परामर्श समिति (जि.स.स.बारा)                         पदेन सदस्य
९. श्री गढीमाई म.सं. तथा विकास समिति                         पदेन सदस्य
१०. आपूर्ति व्यवस्थापन जिल्ला समिति, बारा                      पदेन सदस्य
११. जिल्ला न्याय क्षेत्र समन्वय समिति, बारा                       पदेन सदस्य
१२. रामराजा (मो.वि.शाह) ब.क्याम्पस, कलैया                      पदेन सदस्य
१३. डुमरवाना कलेज                                              पदेन सदस्य
१४. पर्यटन प्रबद्र्धन उपसमिति, बारा                               पदेन सदस्य
१५. दैविक प्रकोप (जि.प्रशा.का.) कलैया                              पदेन सदस्य
१६. एकद्वार उपसमिति (घरेलु तथा साना उद्योग)                   पदेन सदस्य
१७. राष्ट्रिय खेलकूद परिषद (मध्यमाञ्चला क्षेत्रिय खे.वि.समिति)      पदेन सदस्य
१८. प्रस्तावित वीरगंज विश्व विद्यालय सहयोग समिति, बारा        पदेन सदस्य


सामाजिक कार्यमा संघको योग्दान

 
स्थापना कालदेखि नै देशको आर्थिक तथा सामाजिक कार्यमा अग्रणी भुमिका खेलेको छ । साथै विभिन्न सरकारी तथा संघ संिस्थाहरुको भवन बाटोघाटो निर्माण, मठ, मन्दिर निर्माणका साथै मुलुकमा आई परेका दैवी प्रकोप, खेलकूद, साहित्य, धार्मिक, सामाजिक र मानवीय गतिविधिमा पनि यस संघले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । 

 

शाखाको स्थापना

 
संघको गतिविधि दिन प्रतिदिन बढदै गएको र बारा जिल्लाको विभिन्न क्षेत्रमा बजार विस्तार हुँदै गएकोले यस संघका शाखाहरु पनि खोलिएका छन् । जिल्लाका विभिन्न क्षेत्रका उद्योगी र व्यापारीहरुको सुविधाका लागि यस संघले बरियारपुर, गंजभवानीपुर, कोल्हभी, निजगढ, जितपुर, सिमरा र प्रसौनी गरी ७ वटा शाखाहरु स्थापना गरेको छ साथै सो कार्य अन्य क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको छ । 


सचिवालय


बारा जिल्ला कलैया उपमहानगरपालिका वार्ड नं. १ स्थित संघको आफनै तिन तल्ले पक्की घरमा सचिवालय रहेको छ । सो सचिवालयमा हाल ५ जना कर्मचारी कार्यरत छन र अन्य थप कर्मचारीको व्यवस्था गर्नेमा छौ । 


भगिनी सम्बन्ध

 
यस संघको नेपाल चेम्बर आफ कमर्श र वीरगंज उद्योग वाणिज्य संघ तथा काभ्रे उद्योग वाणिज्य संघ संग भगिनी सम्बन्ध कायम रहेको छ ।

 

संघको आय आम्दानीको श्रोतहरु 


१. प्रवेश शुल्क 
२. वार्षिक शुल्क 
३. सिफारिस शुल्क 
४. हलभाडा आम्दानी 
५. घरभाडा आम्दानी 
६. उत्पतिको प्रमाणपत्रको आम्दानी 
७. विविध आम्दानी 
८. मध्यस्तता शुल्क 


सदस्यहरुको आवश्यकतामा आधारित गुणस्तरीय सेवा प्रदान गर्न सक्ने व्यवस्थित र सक्षम सचिवालय भएको आत्मनिर्भर र गतिशिल संस्थाको रुपमा विकास गर्ने । व्यवसायीहरु बीच सम्झदारी वृद्धि गरी आपसी आपसी क्रियाकलापहरुको समन्वय गर्दै सम्पूर्ण व्यवसायीहरुको हकहित संरक्षण गर्ने तथा व्यवसाय प्रबद्र्धन गर्ने ।